उपमेयरमा उम्मेद्वारी दिन गएकी नेतृको मतदाता नामावलीमा भेटिएन नाम

0
478

काठमाडौं, १९ वैशाख । नेकपा माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उम्मेद्वारको उम्मेद्वारी दर्ता गरिसकेको छ । माओवादी केन्द्रबाट मेयरमा मेयरमा दिनेश महर्जन र उपमेयरमा हसिना शाक्यले उम्मेद्वारी दर्ता गरेका हुन् ।

तर माओवादीले उपमेयरमा हसिनालाई भन्दा पहिला मञ्जरी शाक्यलाई सिफारिस गरेको थियो । मञ्जरी उपमेयरको टिकट पाएपछि माला लगाएर उम्मेद्वारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय जावलाखेल पुगेकी थिईन् ।

उम्मेद्वारी दर्ता गर्न लाइनमा बसिन । उनको पालो पनि आयो । उनले निर्वाचन अधिकृतलाई आफ्नो नाम ठेगाना बताउँदै उपमेयरको उम्मेद्वारी दर्ता गराउन आग्रह गरिन् । तर बिडम्बना नेतृ मञ्जरीको नाम मतदाता नामावलीमा भेटिएन । नाम नभएपछि निराश भएकी मञ्जरीको सट्टा माओवादी केन्द्रले हसिनालाई उपमेयरमा उठाएको छ ।