मेषः
विलासी वस्तुका लागि धन खर्च हुनेछ । शिर तथा आँखाको समस्याले सताउन सक्नेछ । पढाइ, लेखन, संगीत र कलातर्फ आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर जुट्नेछ । नोकरी वा पेशाव्यावसायमा भने भावनामा आएर निर्णय नलिनु राम्रो पक्ष हुन आउनेछ ।
वृष:
थालेको काम बन्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भईनेछ । विपरीत लिङ्गीको पूर्ण साथ तथा सहयोगले गर्दा मन हर्षित रहनेछ । शैक्षिक प्रगतिको समय छ ।
मिथुन:
आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्नेछन्, ईष्र्या गर्नेहरूबाट सजग रहनुहोला । पछिका लागि गरिएको लगानीबाट भने फाइदै हुनेछ । हडबडको त्रुटिले काम दोहोर्याएर गर्नुुपर्ने सम्भावना रहेको छ ।
कर्कट:
परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिने समय रहेको छ ।
सिंह:
आज औपचारिक मानसम्मान पाइने योग रहेको छ । समाज सेवाको क्षेत्रबाट प्रशंसा प्राप्त हुनेछ । राजनीतिमा पनि पदप्रतिष्ठा कायम हुन सक्नेछ । आर्थिक आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्नेछ ।
कन्या:
आज लाभ हानी दुवै बराबर रहने योग छ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउने हुनाले केही दिनका लागि पछि सार्नु उपयुक्त हुनेछ । जीवनशैली व्यस्त रहनेछ । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइने समय छ ।
तुला:
स्वास्थ्य कमजोर रहनाले चिताएको काम समयमा सम्पादन गर्न नसकिएला । सहयोगीको अभाव र कामको चापले लक्ष्यप्राप्तिमा विलम्ब हुनेछ । लगनशीलताले परिस्थितिलाई बदल्न सकिनेछ । साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला ।
बृश्चिक:
प्रेमसम्बन्धमा नजिक हुने समय रहेको छ । जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ ।
धनु:
ठूला व्यक्तिहरू प्रतिस्पर्धामा उत्रिने समय रहेकाले साबधानीकासाथ काममा उत्रनुपर्नेछ । रोकिएका कामकुरा दोहोर्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ । कृषि तथा पशुपालनबाट लाभ हुनेछ । आयस्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।
मकर:
आफन्त पर्ने व्यक्तिले काम बिगारिदिने सम्भावना बलियो रहेको छ । होसियारी अप्नाउनु होला । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाईनेछ । मिहिनेत गरेअनुसार नतिजा चित्तबुझ्दो नआए पनि चुनौतीभित्र अवसर खोज्ने समय रहेको छ ।
कुम्भ:
सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । अनावश्यक शंका हुने र आत्मीय सम्बन्धमा कमी आउने योग छ । विभिन्न कार्यहरु सम्पन्न गर्न धन, बुद्धि तथा शारीरिक शक्ति खर्च हुनेछ । परिस्थितिअनुसार नियम मिचेर भए पनि कुनै काम गर्न अघि सर्नुपर्ने समय छ ।
मीन:
पुरुषार्थ बृद्धि हुने, प्रसंशा मिल्ने र सहयोग प्राप्ति हुनाले चित्त शान्ति हुनेछ । व्यवसायिक व्यस्तता र प्रगति एवम् उन्नति हुनेछ । जोशजाँगरमा वृद्धि हुनेछ । पढाईलेखाईको क्षेत्र विस्तार हुने समय छ । प्रयत्न गर्दा राम्रै अवसर पाइने दिन रहेको छ ।