२०८२ असार ११ गते बुधबार
२०८२ असार ११ गते बुधबार

यी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला आज दिनभरको मौसम ?

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी तथा स्थानीय वायु तथा बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी भू-भागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका हिमाली भू-भागका थोरै स्थानमा हिमपातको पनि सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना छ।

राति देशको पहाडी भू-भागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एकदुई स्थानमा स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।