काठमाडौं, २२ वैशाख । सर्वाेच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीलाई पूर्ववत् अवस्थामै काममा फर्कन अन्तरिम आदेश जारी गरेको छ ।
व्यवस्थापिका संसद्मा गएको आइतबार महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बित रहेकी प्रधानन्यायाधीश कार्कीलाई आजैदेखि काममा फर्काउन पनि जारी अन्तरिम आदेशमा भनिएको छ।
साथै सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले कार्कीमाथि लगाएको महाभियोग प्रस्ताव अघि नबढाउन पनि संसद्का नाममा अन्तरिम आदेश जारी गरेको छ।
कार्की्विरुद्ध संसद्मा दर्ता गराइएको महाअभियोगको प्रस्तावमा सभापति शेरबहादुर देउवासहित कांग्रेसका १८९ जना सांसद्को हस्ताक्षर र पुष्पकमल दाहाल प्रचण्डको नामसहित माओवादीका ६० जना सांसद्हरुको हस्ताक्षर रहेको थियो ।