काठमाडौंका १३१ गुन्डा प्रहरी निगरानीमा

0
599

काठमाडौं, २३ काठमाडौं । स्थानीय तहको निर्वाचनमा सुरक्षा चुनौती दिन सक्ने एक सय ३१ गुण्डाहरुको सूची बनाएर प्रहरीले उनीहरुमाथि निगरानी सुरु गरेको छ । महानगरीय प्रहरी कार्यालयले उनीहरुको उपत्यकाका तीनै जिल्लामा गुण्डागर्दीमा संलग्नहरुको सूची नै पठाएर निगरानीमा राख्न निर्देशन दिएको हो। महानगरीय प्रहरी कार्यालयले महानगरीय अपराध महाशाखासहित काठमाडौ, ललितपुर र भक्तपुर परिसरलाई सूचीसहित बिहीबार परिपत्र गरेको हो ।

परिपत्रमा केही पुराा गुण्डा नाइकेहरुको नाम भने छैन। सूचीमा अधिकांश नयाँ गुन्डाहरु छन्। चुनावमा उनीहरुले उम्मेदवार तथा मतदातालाई धाकधम्की दिन सक्ने भएकाले सबैलाई निगरानीमा राख्न थालिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । को को छन् सूचीमा ? प्रहरीबाट प्राप्त विवरण अनुसार दावा लामा, विष्णु लामा, उमेश लामा (जोरपाटी), सूर्य लामा, खगेन्द्रकुमार राई, बुद्ध लामा, विकास लामा, मोहन लामा, शंकर श्रेष्ठ, विकास राई, दिनेश राई, दिलु लामा, सञ्जय लामा ’झिङ्गे’, प्रकाश गोले, विजय गोले, काजी शेर्पा, रवि थिङ निगरानीको सूचीमा छन् ।

त्यस्तै विनोद घिसिङ, लम्बु शेर्पा, निमा लामा, उमेश लामा (सिनामंगल), आङनिमा शेर्पा, सविन खड्गी, आशिष राई, राजु गोर्खाली, प्रतीक हवल्दार श्रेष्ठ, राम श्रेष्ठ, मदन गिरी, दीपक आचार्य, सञ्जीव लामा, दुर्गा राई, चन्द्र लिम्बु, सनम थेवे लगायत पनि प्रहरीको खोजी सूचीमा छन्।