२०८२ जेष्ठ ४ गते शनिबार
२०८२ जेष्ठ ४ गते शनिबार

नीति तथा कार्यक्रमबारे डा. बाबुराम भट्टराईको प्रतिक्रिया- पास मात्र, फर्स्ट डिभिजन आएन

नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले आगामी वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई विगमतै निरन्तरता भएको प्रतिक्रिया दिएका छन्।

नीति तथा कार्यक्रमबारे सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले केही सुधारात्मक भए पनि अहिलेको निम्ति पर्याप्त नभएको बताएका छन् ।

उनले भने, ‘उहाँहरुले सबैलाई खुशी पार्छु भन्ने ढंगले आउनु भयो । त्यो सम्भव छैन । अर्थतन्त्र र सुशासनको क्षेत्रमा प्राथमिकता दिनुपर्ने हो । सुशासन कायम गर्ने अंगहरुलाई बलियो बनाउँछौं सुधार गर्छौँ भन्न सक्नु पर्थ्याे । त्यो भन्न सकेको देखिएन ।’ उनले नीति तथा कार्यक्रम सामान्यतय पास भए पनि फस्ट डिभिजन नआएको टिप्पणी गरेका छन् । उनले पुरानो सोचबाट नहुने भएकाले आफूहरुले वैकल्पिक राजनीतिकको कुरा उठाएको बताएका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।