२०८२ पुष २ गते बुधबार
२०८२ पुष २ गते बुधबार

सांसद सिंहको आरोप- लेखा समिति व्यापारीको साथी बन्यो

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सार्वजनिक लेखा समितिको ओज खस्किन थालेको बताएका छन्। आज (आइतबार) सार्वजनिक लेखा समितिको बैठकमा सांसद सिंहले विभिन्न ‘अनियमितता’ बारे निष्कर्षमा पुग्न नसक्दा समितिको गरिमा घटिरहेको बताएका हुन् ।

‘डेडिकेटेड र ट्रंकलाइनको छलफल भयो, तर त्यसको कुरा कहाँ पुग्यो ? एनसेलको कुरा कहाँ पुग्यो ? यसरी प्रत्येक दिन हाम्रो ओज कम हुँदैछ । लेखा समितिले भ्रष्टाचार नियन्त्रणभन्दा बढाउने काम भयो । डन्डी र सिमेन्टको भाउको कुरा के भयो ?’, सिंहले प्रश्न गरे ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे सबैलाई थाहा भए पनि समितिले सम्बोधन गर्न नसकेको आरोप लगाए । पछिल्लो समिति ’व्यापारीको साथी’ बनिरहेको उनको आरोप छ। ‘पोखरा विमानस्थलमा भ्रष्टाचार भएको सबैलाई थाहा छ । दलको नेता र सरकार समस्यामा पर्छ भनेर समितिमा पर्न थाल्यो । व्यवस्थामाथि कुरा उठेको भ्रष्टाचारले हो । रेगुलर मिटिङ राखेर यो इस्यू सम्बोधन गर्नुपर्छ । लेखा समिति अहिले व्यापारीहरूको साथी भएको छ’, उनले भने । सांसद सिंहले पोखरा विमानस्थलको छानबिन चाँडो सक्नुपर्नेमा जोड दिए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।