२०८२ बैशाख २९ गते सोमबार
२०८२ बैशाख २९ गते सोमबार

राजावादीको एकता अब कसैले टुटाउन सक्दैन : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले अब कसैले चाहेर पनि राजावादीहरूको एकता नटुट्ने दावी गरेका छन्। आज (बिहीबार) राजधानीमा आगामी जेठ १५ गतेबाट जनआन्दोलन घोषणापछि सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘राजावादीको एकतालाई कसैले चाहेर पनि टुटाउन सक्दैन । कमजोर बनाउन सक्दैन । एकताबद्ध भएर हामी जाँदैछौं,’ अध्यक्ष नेपालले भने ।

उनले आफूहरूले आयोजना गर्न लागेको आन्दोलन शान्तिपूर्ण हुने बताए। काठमाडौंमा जेठ १५ गते लाखौंको संख्यामा मान्छे उपस्थित भएर प्रदर्शन हुने उनको दाबी छ। ‘स्वतःस्फुर्त रुपमा जिल्ला, पालिका, वडा र टोल टोलमा पनि राजसंस्था पुनः स्थापना समिति गठन गर्न र जनतालाई परिचालन गर्न म आग्रह गर्न चाहन्छु,’ नेपालले भने । उनले गणतन्त्र स्थापना भएको दिन जेठ १५ लाई इतिहासकै कहालीलाग्दो दिनको रुपमा व्याख्या गरे ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।