जोगिमारामा एकजनाको हत्या, खोल्टेमा झडपहुँदा चार घाइते

0
244

धादिङ, १ जेठ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ जोगिमारा स्थित पिपलभंज्याङमा आइतबार राति एकजनाको हत्या भएको छ । पिलभञ्ज्याङमा रहेको बन्दै गरेको झ्यालढोका नहालिएको घरमा आइतबार राति ३० वर्षका लक्ष्मण चेपाङलाई लठ्ठीले हानेर हत्या गरी त्रिपालसँगै जस्तापाताले छोपेर छाडिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

स्थानीय तह चुनावको मतदान गरेपछि घरको काम गरेर बसेका चेपाङलाई हानिएको लठ्ठी रगत लतपतिएको अवस्थामा भेटिएको छ । केही दिनदेखि लक्षमण चेपाङ र उनका भाइलाई भोट नहालेमा मार्ने धम्की आइरहेको मृतकका भाइ लालबहादुर चेपाङले बताउनुभयो ।

यसैगरी मतदान सकिएपछि नीलकण्ठ नगरपालिका–५ देउरालीमा कांग्रेस र एमाले कार्यकर्ता्बिच झडप हुँदा चारजना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।