२०८२ फाल्गुन २९ गते शुक्रबार
२०८२ फाल्गुन २९ गते शुक्रबार

अख्तियारका डीआईजीको दिउँसो सरुवा, साँझ फिर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महाशाखामा पदस्थापन भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर राना हाजिर नहुँदै सरुवा भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले अख्तियारमा डीआईजी हिमालय कुमार श्रेष्ठलाई नै फर्काइएको छ। यसअघि उनलाई काठमाडौं उपत्यका प्रहरी रानीपोखरी पठाइएको थियो। अख्तियारमा कार्यरत डीआईजी श्रेष्ठको सरुवा तत्काल कार्यान्वयन नहुने भएको छ।

गृहमन्त्री रमेश लेखकले ११ जना डीआईजीको पदस्थापन गरेसँगै अख्तियारमा कार्यरत डीआईजी श्रेष्ठलाई पनि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गर्ने निर्णय गरेका थिए । तर, १३ गते (मंगलबार) को मितिमा भएको उक्त निर्णय सार्वजनिक भएसँगै गृहमन्त्रीको आलोचना हुन थालेपछि तत्काल कार्यन्वयन नगर्ने पक्षमा रहेको उनको सचिवालयले जानकारी दिएको छ। यसअघि श्रेष्ठलाई अख्तियारबाट सरुवा गरेर रानालाई अख्तियारमा पदस्थापन गर्ने निर्णय भएको थियो । अख्तियारमा भिजिट भिसाको सेटिङमा अनुसन्धान भइरहेकाले अख्तियारका डीआईजी सरुवा गर्दा विवाद देखिएको हो ।

 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।