राजपालाई चुनाव ल्याउन भन्दै दल दर्तासम्बन्धी ऐन संशोधन ।

0
642

काठमाडौं, जेठ २८ – राष्ट्रिय जनता पार्टी राजपा नेपाललाई चुनावमा सहभागी गराउन सजिलो हुने गरी सरकारले फेरि ऐनमा संशोधन गरेको छ । संसदको आइतबार बसेको बैठकले राजनीतिक दल दर्तासम्बन्धी ऐन २०७३ लाई संशोधन गरेको हो । ६ वटा मधेस केन्द्रित दल एकीकरण बनेर बनेको राजपाले दलका रुपमा चुनाव लड्न पाउने, ६ वटा दलले यसअघि पाएको कुनै एक चुनाव चिन्ह लिन पाउने, ६ वटा चुनाव चिन्ह मध्ये जिल्ला अनुसार फरक चुनाव चिन्ह पनि प्रयोग गर्न पाउने छन् ।
जिल्ला अनुसार फरक चुनाव चिन्ह लिए पनि सबै उम्मेदवार राजपाको हुने व्यवस्था गरेर ऐन संशोधन गरिएको हो । सरकारले आज निर्णय गरेर आइतबार एकै दिनमा ऐन संशोधन गरेको हो । ऐन संशोधनपछि संसद बैठक असार १८ गतेसम्मका लागि स्थगित भएको छ ।