मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी ।

0
248

विराटनगर, २० असार । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

प्रमुख पदमा नेपाली काँग्रेसका शिव ढकालले १६ हजार ८२१ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका केदार गुरागाईंले १५ हजार ८५३ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै, उपप्रमुख पदमा एमालेकी धना तामाङले १५ हजार ४७८ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी विन्दा थापा दाहालले १३ हजार ९० मत ल्याउनुभएको थियो ।