भारत र चीनबीच तनाब बढ्दै,चिनियाँ राष्ट्रपतिबाट मोदीसँग भेट्न अस्वीकार !

0
790

काठमाडौ असार २३ ।पछिल्लो समय चीन र भारत बीचको सम्बन्धमा तिक्तता बढ्दै गएको छ । चीन र भारतबीच तनाव बढ्दै जादा चिनियाँ राष्ट्रपति सी चीनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जर्मनीमा शुक्रबार देखि सुरु भएको जी(२०) को शिखर सम्मेलनमा भेटवार्ता नहुने भएको छ।चीनले भारतीय प्रधानमन्त्री मोदीसँग भेट्न उपयुक्त वातावरण नभएकोले भेटघाट हुन नसक्ने जनाएको हो।
भारत र चीनबीच दोक्लम क्षेत्रमा पछिल्लो केही दिनदेखि तनाव जारी छ। दोक्लम दशकौंदेखि चीन र भुटान दुबैले दावी गरेको सीमा क्षेत्र हो। चीनको नियन्त्रणमा रहेको दोक्लम क्षेत्रमा चीनले पछिल्लो तीन हप्तादेखि सडक निर्माण गरिरहेको छ जसले गर्दा यी देश बीचमा तनाब बढीरहेको छ ।