२०८२ कार्तिक २१ गते शुक्रबार
२०८२ कार्तिक २१ गते शुक्रबार

अभिनेता अनमोल केसी र चलचित्र ‘फर्की फर्की’ विरुद्ध मुद्दा

काठमाडौं । अभिनेता अनमोल केसीसहित चलचित्र ‘फर्की फर्की’ टोलीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। उनीहरूविरुद्ध कलाकार नरेन्द्रबहादुर श्रेष्ठले आज (सोमबार) मुद्दा दायर गरेका हुन्। मुद्दामा आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको र हटाउन अनुरोध गर्दा पनि एमएसएम ओटीटी प्लेटफर्मबाट आफ्नो मोबाइल नम्बर नहटाएकोले कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ।

यसले आफूलाई मानसिक तथा शारीरिक रुपमा हानिनोक्सानी भएको भन्दै उचित क्षतिपूर्तिको समेत माग दाबी गरिएको छ । ‘फर्की फर्की फिल्म रिलिज भए पश्चात उक्त संवादमा उल्लेखित मेरो फोन नम्बर अनमोल केसीसँग बोल्न चाहने व्यक्तिहरूले बारम्बार फोन गर्ने कार्यले मेरो व्यक्तिगत फोन नम्बर नै मैले स्वीच अफ गरी बस्नु परेको छ । एकैछिन फोन अन गरी बस्यो कि कुनै न कुनै ठाउँबाट, कुनै न कुनै व्यक्तिले अनमोल केसीको सम्पर्क नम्बर भन्ठानी फोन गरिहाल्छ’ रिट निवेदनमा भनिएको छ। सुरु सुरुमा फोन आउँदा उक्त नम्बर आफ्नो भएको जानकारी गराउने गरेको भए पनि पछि दिनमै सयौँ नम्बरबाट फोन आउन थालेको र अनमोल केसीलाई दिनु भन्ने गरिएपछि मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पार्ने काम विपक्षीबाट भएको दाबी गरिएको छ।

मुद्दा केसी, चलचित्रका निर्देशक सुयोग गुरुङ, चलचित्र जाँच समिति (सेन्सर बोर्ड), रोहित अधिकारीसहितलाई कानुन बमोजिम सजायको माग गर्दै दायर भएको छ। यसबारे चलचित्र नियामक निकायहरूलाई पटकपटक पत्र पठाएर जानकारी गराए पनि सुनुवाइ नभएपछि मुद्दा दायर गरिएको पनि रिट निवेदनमा उल्लेख गरिएको छ। यसप्रकारको हैरानीबाट मुक्त गराइ पाउँ भनी तत्कालीन चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई फोन गेर जानकारी गराए पनि समस्या समाधान नभएको गुनासो छ। त्यस्तै सुयोग गुरुङलाई पटकपटक आग्रह गरिएको र उनी पीडितको घरमै आएर समस्या समाधानको आश्वासन दिए गए पनि समस्या सम्बोधनको कार्य नगरेको पनि आरोप छ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।