बस्तु काठमाडौ सम्पर्क समाजका १३ बर्ष ,आर्थिक सहयोग देखीसँस्कृतिको संरक्षण सम्म ।

0
784

असार २७ काठमाडौ । गुल्मी धुर्कोट बस्तु देखि काठमाण्डौं आई विभिन्न पेशा व्यवसाय गरि बस्ने बस्तुबासीबासीहरुको साझा सस्था बस्तु काठमाण्डौं सम्पर्क समाज २०६२ साउन २ गते स्थापना भएको एक नितान्त सामाजिक सस्था हो । सबै बस्तुवासीहरु बिच आपसी सहयोग सद्भाव भाइचारा कायम राख्दै बस्तुको विकासमा काम गर्दै आएको छ ।२०७२ श्रावण २ गते सम्पन्न साधारण सभाबाट चुनिएको वर्तमान कार्य समिती ११ सदस्यीय रहेको छ त्रिलोचन पाण्डेको अध्क्षतामा गठित कार्यसमितीले विभिन्न सामाजिक सेवाका विभिन्न कामहरु गर्दै कार्यकाल बिताएको छ ।
सामाजिक कार्यमा थप सक्रियता बढाउँदै
बस्तु १ का ब्लड क्यान्सर पिडित वालक रोयल पाण्डेको उपचारमा भौतिक ,नैतिक आर्थिक सहयोग गरि नयां जिवन जिउन उल्लेख्निय सहयोग बस्तु समाजले गरेको छ ।त्यसै गरि बस्तु ४ धजवन्ना निवासी सुमित्रा भण्डारीको उपचारमा पनि यस समाजले आर्थिक सहयोग गरि उपचारमा सहयोग गरेको थियो । बस्तु ६ का बालुराम वि.क लाई टिचिङ्ग अस्पतालमा उपचारमा सहयोग , भुवन पाण्डेको शव दुवैदेखि काठमाण्डौ सम्म ल्याई दाहसंस्कार गर्ने काममा समेत यस समाज तथा कार्यसमितीले सहयोग पुयाएको थियो । यस बाहेक गुल्मी जैसिथोक रजस्थल लगायत अन्य ठाउका मानिसहरुको सेवामा समेत बस्तु समाजबाट पछिल्लो समयमा पहल भएको समाजका कोषाध्यक्ष झविन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।कार्य समितीले आफ्नो कार्यकालमा २ बटा तिज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । हिउदमा बृहद बनभोज कार्यक्रम थानकोट र दक्षिणकाली मा सम्पन्न भएको थियो । दशैको एकादशी को दिन बस्तुको कालिका मन्दिरमा हुने सराय नाचको संवद्र्घन र संरक्षण गर्ने उद्देश्यले प्रत्येक वर्ष ५ जना पुरुष र ४ जना महिलालाई प्रोत्साहन स्वरुप समाजको तर्फबाट पुरस्कृत गरिदै आइएको छ ।आगामी श्रावण ७ गते बस्ने साधारण सभाले यो कार्यसमितीलाई विदा गर्दै नयाँ कार्यसमिती चयन गर्दैछ ।