२०८२ फाल्गुन ६ गते बुधबार
२०८२ फाल्गुन ६ गते बुधबार

माधव नेपालको मुद्दाबारे अनावश्यक टिप्पणी नगर्न नेकपा एसको निर्देशन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि चलिरहेको मुद्दाको विषयमा अनावश्यक टिप्पणी नगर्न आफ्ना नेता–कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टीका महासचिव घनश्याम भूसालले शुक्रवार विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालको मुद्दासम्बन्धी पार्टीको आधिकारिक धारणाविपरीत कुनै पनि अभिव्यक्ति सार्वजनिक रूपमा नदिन आग्रह गरेका छन् । 

‘पार्टीको आधिकारिक धारणासँग बाझिने कुनै पनि कुरा सार्वजनिक रूपमा नबोल्न र नलेख्न सबै कमरेडहरूलाई अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ । ‘पार्टीभित्र आफ्ना कुरा राख्ने विधि र स्थानहरू छन्। तसर्थ, कुनै पनि बहानामा सार्वजनिक वादविवादमा नउत्रिन सबैलाई आग्रह छ ।’

यसअघि, पूर्वमन्त्री तथा पार्टी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष नेपालको मुद्दालाई लिएर सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । उनले नेपालले मुद्दामामिलामा अल्झिनुपरेको भन्दै पार्टीको प्रारम्भिक महाधिवेशनमार्फत सङ्गठन पुनर्गठन गर्नुपर्ने माग राखेकी थिइन् । पार्टीले यस्ता विषयमा अनुशासित रहन र आधिकारिक धारणालाई मात्र प्राथमिकता दिन सबैलाई सचेत गराएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।