२०८३ बैशाख ६ गते आईतवार
२०८३ बैशाख ६ गते आईतवार

पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश गरिएको छ । आइतबार थुनछेक बहसपछि विशेष अदालतले उनलाई धरौटीमा छाड्न आदेश गरेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद भ्रष्टाचार मुद्दामा बयान दिन उनी आइतबार अदालतमा उपस्थित भएका थिए ।विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान र थुनछेक भएको थियो ।

बस्नेत सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा उनैको निर्णयबाट टेरामक्स प्रविधि खरिदको निर्णय भएको थियो । अख्तियारले मुद्दा दायर गरेपछि बस्ने सांसद पदबाट निलम्बनमा परेका थिए ।

पुर्वमन्त्री बस्नेलाई २५ लाख धरौटीमा रिहा गर्ने आदेश भएको विशेष अदालतका उपरजिष्टार कृष्णशरण लामिछानेले रातोपाटीलाई बताए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।