काठमाडौँ, २ साउन । साउन महिनाको पहिलो सोमबार आज बिहानदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । पशुपतिमा विशेषगरी हरियो चुरा पोतेमा सजिएका महिलाको भीड लागेको छ । प्रधान न्यायाधीश गोपाल पराजुलीले बिहान ७ बजे पश्चिम ढोकाबाट प्रवेश गरी पशुपतिनाथको दर्शन गर्नुभएको छ ।
बिहान २ बजेदेखि भक्तजन लाममा बसे पनि सवा ३ बेजेपछि मात्रै तीन ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिनुभयो ।
पशुपतिको उत्तर, पश्चिम र दक्षिण ढोकाबाट प्रवेश गरी अहिले भक्तजनले दर्शन गरिरहेका छन् । पशुपतिमा विशेष पूजाका लागि आर्यघाटबाट पूर्व ढोकातिर पठाउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
बिहान ८ बजेसम्म ३५ हजारभन्दा बढी भक्तजनले दर्शन गरिसकेको कोषले जनाएको छ ।
Post Views: 9,501