२०८३ बैशाख ८ गते मंगलवार
२०८३ बैशाख ८ गते मंगलवार

शेखरलाई विनोद चौधरीको प्रश्न- हामी जस्ता नेता गुटको शिकार भई दिनुपर्ने ?

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले नेता शेखर कोइरालाप्रति आक्रोश व्यक्त गर्दै गुटको राजनीति पनि सीमाभित्र रहेर गर्न चेतावनी दिएका छन् । केन्द्रीय समितिको बैठकमा सोमबार कोइरालाले विनोद चौधरीलाई केन्द्रीय समितिमा ल्याउँदा विधि र विधान मिचेको भन्दै सभापति शेरबहादुर देउवाको आलोचना गरेका थिए । उनले चौधरीको उपस्थितिलाई ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट’ भनेका थिए ।

आज (मंगलबार) केन्द्रीय समितिको बैठकमा नेता चौधरीले देशको आर्थिक बागडोर धानेर बसेको व्यक्तिलाई अहिले आएर विधि र प्रक्रियाको कुरा गरेर किनारा लगाउन खोजिएको भन्दै आपत्ति जनाएका हुन् । ‘उहाँले हिजो प्रश्न उठाउनु भयो, विनोद चौधरी जस्तो मान्छेलाई चार वर्षअघि नियम मिचेर केन्द्रीय समितिमा ल्याउनु गलत थियो भनेर’, चौधरीले भने, ‘सारा विधि पुर्‍याएर, अर्को पार्टीबाट आएको पृष्ठभूमि, त्यसको कानुनी पक्ष, पार्टीको कानुन विभागले गरेको विश्लेषण र निर्णयपछि केन्द्रीय समितिमा चुनाव लडेको थिएँ । अहिले आएर ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट’ को नाममा छेक्न खोजिएको हो ?’

उनले आफ्नो चुनावका बेला विपक्षलाई सहयोग गर्ने नेताहरुका कमजोरी ढाकछोप गरिदिन आफ्ना विषयमा प्रश्न उठाइएको बताउँदै भने, ‘गुटको राजनीतिका नाममा हामी जस्ता मान्छेलाई छेक्ने काम किन हुँदैछ ?’ उनले जेलनेल खाएर आएका नेताको सम्मान गर्ने बताउँदै फरक पृष्ठभूमिबाट आएका नेता सधैँ गुटको शिकार बन्नुपर्ने हो ? भनी प्रश्न गरेका छन् । ‘कन्फ्लिक्ट अफ इन्ट्रष्ट भनेको के हो ? एउटा उद्यमीले अर्थतन्त्र चलाउन पाउँदैन ? ढोका बन्द गर्न लागिएको हो ? खाली जेल र नेल खाएका बाहेक हामीलाई आवश्यकता छैन भनेर यो बैठक निर्णय गर्न तयार छ ?’, आक्रोशित चौधरीले केन्द्रीय समितिको बैठकमा भनेका थिए । महामन्त्रीहरुले ल्याएको आर्थिक सोचले एकातिर आफूहरु उत्साही भए पनि अर्कोतिरका अभिव्यक्तिले दुःखित तुल्याएको बताए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।