११ औं बृहत शैक्षिक मेला २०७४ सुरु,पहिलो दिनमै विद्यार्थीहरुको उल्लेख्य सहभागिता ।

0
643

साउन ५ काठमाडौ । नेपाल शैक्षिक परामर्श संघ इक्यान को आयोजनामा विहिबारबाट काठमाडौंको भृकुटीमण्डपमा  ११ औं बृहत शैक्षिक मेला २०७४ को सुरु भएको छ । मेलाको नेपालका लागी श्रीलंकका राजदुत डब्लु एस पेरेराले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदुत पेरेराले नेपाली विद्यार्थीहरुलाई श्रीलंकमा अध्ययन गर्न जानका लागी प्रक्रिया सहज बनाउनुका साथै हाल रहेको कोटामा पनि वृद्धि गरिने बताउनुभयो ।  २ सय ३६ स्टल तथा १४ वटा पेभिलियन रहेको मेलामा इक्यानका अध्यक्ष प्रकाश पाण्डेले नेपाली कन्सल्टेटीमा मात्रै समस्या नदेख्न आग्रह गर्नुभयो । समग्र देशनै समस्याबाग ग्रस्त भएको अवस्थामा कन्सल्टेण्टी क्षेत्र पनि त्यसबाट प्रभावित भएको बताउनुभयो । अध्यक्ष पाण्डेले इक्यानले नेपालमा दक्ष जनशक्तिको विकासमा पुर्याएको योगदानलाई नजरअन्दाज नगर्न पनि आग्ह गर्नुभयो ।   मेलामा एकै स्थानमा विद्यार्थीहरुले विश्वका उत्कृष्ठ गन्तव्य मुलुकहरुको शिक्षा प्रणाली र अवसरको विषयमा जानकारी लिन सक्नेछन् । यस्तै अमेरीका, अष्ट्रेलीया, न्युजीलैण्ड,क्यानडा, जापान, श्रीलंका, डेनमार्क, लगायत युरोपीयन मुलुकहरु तथा छिमेकी राष्ट्रहरु भारत र चिनका विभिन्न विश्वविद्यालय तथा कलेजको प्रतिनिधित्व गर्ने शैक्षिक परामर्शदाताहरुसँग साक्षात्कार गर्ने अवसर पनि प्राप्त गर्न सक्ने भएकाले मेला निकै उपयोगी हुने आयोजको दावी छ । ब्रिटीश काउन्सीलले मुख्य प्रायोजन गरेको मेलामा पहिलो पटक श्रीलंकाका ४ वटा कलेजहरु सहभागिता जनाएका छन् ।   यस्तै मेलामा अष्ट्रेलियाको प्यासिफिक कलेज अफ टेक्नोलोजि ,एजुकेसन एसिया प्रा लि एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज प्रा लि, मर्सि एजुकेसन कन्सल्टेन्सि प्रा लि  मेट्स एजुकेसन प्रा लि, ओलि एण्ड एसोसियट्स प्रा लि, पाथफाईन्डर ईन्टरनेसनल एजुकेसन लगायतका दुइदर्जन बढी संघ सँस्थाको सहकार्य रहेको छ । त्यस्तै ईन्डोर्स वाईमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल च्याम्बर अफ कमर्श, शैक्षिक पत्रकार संजाल ईजोन तथा अभिभावक संघ नेपालको सहकार्य रहेको छ भने अफिसियल होटलमा होटल अन्नपुर्ण, पार्टनर बैकको रुपमा एन आई सि एसिया, एन एम वि बैक तथा प्रभु बैक लिमिटेड, अफिसियल पार्टनरको रुपमा फग, हिरो बाईक, अफिसियल म्यागजिनको रुपमा एस म्यागाजिन तथा आईटि पार्टनरको रुपमा कम्युनिकेट मिडिया रहेको छ । ४ दिन सम्म चल्ने मेलामा डेन्टल क्याम्प र रक्तदान कार्यक्रम नियमित रुपमा मेला अवधि भर सञ्चालन गरिने आयोजको भनाई छ ।शैक्षिक परमर्श र ज्ञानको आदानप्रदानका लागी मेला ऐतिहासिक हुने आयोजकको विश्वास छ ।मेला ४ दिन सम्म चल्नेछ ।