२०८२ मंसिर २० गते शनिबार
२०८२ मंसिर २० गते शनिबार

रसुवा बाढीमा फसेका ५० जनाको उद्धार

रसुवा । चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५० जनाको उद्धार गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्धार टोलीले मंगलबार दिउँसो १२ः५० बजेसम्म ५० जनाको उद्धार गरिएको जनाएको छ । उद्धार गरिएकामा चार महिला र ४६ जना पुरुष रहेका छन् । उनीहरूलाई झोलुङ्‍गे पुलबाट हिँडाएर उद्धार गरिएको प्रहरीले जनाएको छ ।

उद्धार हुनेमा एक जना चिनियाँ नागरिक समेत छन् । गए राति रसुवामा एक्कासी आएको बाढीले ठूलो जनधनको क्षति पु¥याएको छ। चीनतर्फबाट आएको बाढीले गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीले नेपाल–चीन सीमानास्थित मितेरी पुल समेत बगाएको छ । जसका कारण सवारी साधन तथा मानिसहरूको आवत–जावत पूर्ण रूपमा बन्द भएको छ ।

 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।