२०८२ चैत्र २७ गते शुक्रबार
२०८२ चैत्र २७ गते शुक्रबार

अमेरिकाबाट थप दुई नेपालीलाई निष्काशित

काठमाडौं । अमेरिकाले थप दुई नेपालीलाई निष्काशन गरेको छ । गैरकानुनी तरिकाले बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले निष्काशन गरेको हो ।

निष्काशन गरिनेमा रेशमबहादुर केसी र गविन्दराज वली छन् । उनीहरूलाई कतार एयरायन्सको विमानबाट नेपाल फर्काइएको हो । स्रोतका अनुसार वलीलाई बुधबार र केसीलाई गत २१ गते काठमाडौं फर्काइएको थियो । अघिल्लो हप्ता मात्रै तीन जना नेपालीलाई अमेरिकाले निष्काशन गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावसन नीतिमा कडाइ गरेसँगै गैरकानुनी रूपमा बसोबास गर्ने नेपालीहरू धमाधम निष्कासनमा पर्दै आएका छन् । अमेरिकाले यसअघि पनि पटक–पटक नेपालीहरूलाई निष्काशन गरी नेपाल फर्काएको छ । केहीलाई त चार्टर्ड विमानमार्फत पनि नेपाल फर्काइएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।