लागुऔषध सहित ४ जना पक्राउ !

0
925

साउन ८ काठमाडौ । दुई हजार ३६७ थान लागुऔषध एम्पुलसहित दुई जनालाई  पक्राउ परेका छन् । नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको विशेष टोलीले काठमाडौ बूढानीलकण्ठ नगरपालिका– ७ बाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नं १ का दिनेश थापा र तेह्रथुम आठराई नगरपालिका–४ घर भई नयाँ बजार बस्ने पदम आले मगर रहेको छन् । उनिहरुको साथबाट  ४७ हजार नेपाली र एक हजार ९२० भारतीय रुपैयाँ पनि बरामद गरिएको छ । मुलुकमा हाल लागुऔषध प्रयोगकर्ताको संख्या करिब एक लाख रहेको प्रहरीले जनाएको छ ।