२०८२ मंसिर २२ गते सोमबार
२०८२ मंसिर २२ गते सोमबार

कल्याणपुरका मेयर एक लाख घुससहित पक्राउ

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख रामपुकार साह एक लाख घुस रकमसहित पक्राउ परेका छन् । कल्याणपुरस्थित पालिकाको कार्यालयबाटै नगर प्रमुख साहलाई घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।

आज दिउँसो एक उपभोक्ता समितिलाई भुक्तानी गर्न घुस लिए लगत्तै नगर प्रमुख साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले पक्राउ गरेको एक कर्मचारीले जानकारी दिए । अहिले अख्तियारको टोलीले नगर कार्यपालिकाको कार्यालयमै राखेर नगर प्रमुख साहलाई सोधपुछ गरिरहेको छ । कानूनी प्रक्रिया (मुचुल्का) तयार पारेर थप अनुसन्धान तथा कारबाहीका लागि अख्तियारको कार्यालय बर्दिबास लगिने बुझिएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।