बिश्वकिर्तीमानी सञ्जय पण्डितलाई राष्ट्रिय सम्मान, प्रधानमन्त्री देउवाले भने राष्ट्रलाई योगदान दिनेलाई सम्मान गर्छु । भिडियो हर्नेुहोस् ।

0
2429

काठमाडौँ, १० साउन । गत असार ४ गते अमेरीकाको अलास्का राज्यको डेनाली नेशनल पार्कस्थित डेनाली माउन्ट आरोहणका क्रममा निधन भए अल्ट्रा धावक एवं पर्वतारोही सञ्जय पण्डितलाई राष्ट्रिय सम्मान दिएको छ । पण्डितको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झण्डा ओडाएर सम्मान गर्नु भएको हो । त्रिपुरेशवर स्थित राष्ट्रिय खेलकुद परिषदको प्राङगणमा भएको श्रद्धाञ्जली कार्यक्रममा सरिक हुंदै देउवाले पण्डितले नेपालको नाम बिश्वभर फैलाउन गरेको योगदानको राज्यले सम्मान गर्ने भन्दै सोककाकुल परिवारजनमा धैर्यधारण गर्न आग्रह गर्नु भयो । राष्ट्रलाई चिनाउन योगदान दिने हरेक नेपालीलाई राज्यले सहयोग गर्ने उहाँको भनाइृ थियो । पण्डितको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्द बहादुर पुन,गृहमन्त्री जनार्दन शर्मा प्रभाकर,पुर्व मन्त्रीहरु तथा खेल क्षेत्रका बिभिन्न ब्यक्तिहरुको उपस्थिती रहेको थियो । धाबक संजय पण्डितको प्रार्थीव शारीर हेलीकप्टर मार्फत आजै जन्मस्थल प्युठान लगिएको छ भने अन्तीम श्रद्धान्जली पछि आज साँझ अन्त्यष्ठी गरिने उनका पिता मिश्रण पण्डितले जानकारी दिनुभएको छ । साथै उहाँले बिश्व किर्तीमान राख्ने क्रममा आफ्नो परिवार ठुलो आर्थिक भारमा परेका कारण सघाउन राज्यलाई आग्रह गनुभएको छ ।
हाई अल्टिच्युडका कारण पण्डितको निधन भएको थियो । हिामालबाट उद्धार गर्न कठिन भएकाले प्रार्थीक शरिर ल्याउन कठिन भएको अमेरीका स्थित नेपाली दुतावासले जनाएको छ । पण्डितको १७ हजार २०० फिट उचाईमा निधन भएको थियो। २०४५ सालमा प्युठानमा जन्मीएका पण्डितको बाबुआमा र एक श्रीमती रहेका छन् ।