२०८३ बैशाख १८ गते शुक्रबार
२०८३ बैशाख १८ गते शुक्रबार

अख्तियार पुग्यो राप्रपा, भ्रष्टाचार सम्बन्धी सबै फाइल खोल्न ज्ञापन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको छ।

शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भ्रष्टाचारका सबै काण्डहरुको अध्ययन, अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउने माग राख्दै भ्रष्टाचारविरुद्ध प्रदर्शनसहित ज्ञापनपत्र बुझाएका हुन्।

अध्यक्ष लिङ्देनले आयोगमा अहिले भइरहेको ठूलाठूला भ्रष्टाचारका काण्डहरुको जुन तदारुकताकासाथ छानबनि हुनुपर्ने हो त्यो नभएको भन्दै राजनीतिक क्षेत्रलाई छानविन गरी कारबाहीको दायरामा ल्याउन अख्तियारलाई ध्यानाकर्षण गराएको बताए।

उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अहिले भइरहेको ठूलठूला भ्रष्टाचारका काण्डहरुको जुन तदारुकताकासाथ छानबनि हुनुपर्ने हो, भएको छैन्। र राजनीतिक क्षेत्रलाई जसरी छानविन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने हो। त्यो नल्याइएको विषयमा हामी अख्तियारको ध्यानाकर्षण गराउन आएका हौं।’

सरकारका मन्त्रीहरूको भ्रष्टाचारमा संलग्नताका तथ्यहरू एकपछि अर्को सार्वजनिक भइरहेको अवस्थामा मन्त्रीहरू एक अर्कामा कसले छिटो र धेरै कमाउने प्रतिस्पर्धा चलाइरहेको राप्रपाको ठहर छ।

भ्रष्टाचारका विषयमा छानबिन र मुद्दा दर्ताका कामहरू प्रशस्त हुँदैगर्दा पनि ठुला भ्रष्टाचारका काण्डहरू जस्तै सुडान घोटाला, ललिता निवास, वाइडबडी, क्यान्टोन्मेण्ट, ओम्नी, एनसेल लगायतका ठूल्ठूला भ्रष्टाचार काण्डहरूमा राजनीतिक नेतृत्व छानबिनको दायरा बाहिर पर्नुले आयोगको निष्पक्षता तथा प्रभावकारितामा गम्भीर प्रश्नहरू उठेको ज्ञापन पत्रमा उल्लेख छ।

राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता बिना यस प्रकारका ठुला भ्रष्टाचारहरू कर्मचारी संयन्त्रबाट मात्र हुनसक्छन भन्ने कुरामा विश्वास गर्न नसकिने र भ्रष्टाचारको मुख्य जरो र छाता राजनीतिक क्षेत्रलाई छानबिन र कारबाहीको दायरामा नल्याएसम्म सानातिना कारबाहीले मात्र सेवा प्रवाह, सुशासन र भ्रष्टाचारमा सुधार हुन नसक्ने राप्रपाको भनाइ छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।