प्युठानमा एक बर्षमा नौ टन खोटो संकलन । बजारको लागि भारतमै निरभर !

0
809

प्यूठान, १६ साउन । पछिल्लो एक वर्षको अवधिमा प्यूठान जिल्लामा आठ लाख ९२ हजार ५३१ किलो खोटो उत्पादन भएको छ । जस्को बिक्रीबाट वन समूहले रु ८० लाख भन्दा बढि आम्दानी गरेका छन् ।

जिल्लाका विभिन्न एक सय वटा वन समूहले आफ्नो वनबाट सो परिमाणको खोटो संकलन गरी बिक्री गरेका हुन् । प्रतिकिलो खोटो रु नौ रुपैयाँ देखि रु १० रुपैयाँ सम्ममा बिक्री हुने गरेको जिल्ला वन अधिकृत प्रविण बिडारीले जानकारी दिनुभयो ।

वन समूहले खोटो बिक्रीबाट मनग्य आम्दानी गरेपनि उक्त रकम वन क्षेत्रको संरक्षणमा प्रयोग न्यून रुपमा गरेको पाइएको बिडारीले बताउनुभयो । जिल्लामा अधिकांश खोटो बिक्रीबाट आएको रकम विद्यालय सञ्चालनमा प्रयोग हुने गरेको छ । शिक्षक दरबन्दी नभएका विद्यालय वन समूह र खोटोको पैसाबाट सञ्चालन हुँदै आएका छन् ।

जिल्लामा संकलन गरीएको खोटो भारत निकासी हुने गरेको छ ।