भरतपुरमा मध्यराती बिजय जुलुस निकाल्ने माओबादि केन्द्रको तयारी,रेणु दाहाल दुई सय मतले अगाडी ।

0
632

साउन, २१ चितवन । भरतपुर महानगरपालिकाको परिणाम सार्वजनिक हुनै लाग्दा माओबादि केन्द्रले बिजय जुलुस निकाल्ने तयारी गरेको छ । २० नम्बर वडाको मत गणना अन्तीम चरणमा पुग्नै लाग्दा माओबादि केन्द्र जिल्ला कार्यसमिती चितवनले बिजय उत्सव मनाउने तयारी गरेको हो । जिल्लाका सक्रिय कार्यकर्तालाई बिभिन्न भागबाट भरतपुर स्थित मत गणना स्थलमा आउन सर्कुलर जारी गरिएको छ । मतपत्र नच्यातिएको भए एमालेले जितेको महानगरमा सबै प्रकारको शक्ति प्रयोग गरी जित हात पारेको भन्दै एमालेलाई धक्का दिन पनि ठूलो जुलुस निकाल्नु पर्ने भन्दै स्थानिय नेताहरु लागि परेका छन् । सम्पुर्ण देशको ध्यान तानिरहेको भरतपुरमा मध्य राती नै बिजय जुलुस निकाल्दा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै ठूलो मात्रामा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ । करिव पाँच सय मत गणना गर्न बाँकी रहँदा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता कायम रहेको छ । वडा नः २० मा खसेको ३३०२ मध्ये अब करिव पाँच सय मत मात्र गणना गर्न बाँकी रहँदा रेणु दाहालले अग्रता कायम राखेकी छिन् ।

कांग्रेसको समेत समर्थन पाएकी उनले एमाले उम्मेदवार देवी ज्ञवालीले भन्दा करीब २ सय मत बढी पाएकी छन् ।
मतपरिणामबाट रेणु दाहाल बिजयी भए नेपाली काँग्रेसका कार्यकर्ता समेत बिजय जुलुसमा जाने भएका छन् । पार्टीले कुनै निर्णय गरेको नभए पनि एमलेसंगको इगोका कारण काँग्रेस कार्यकर्ता सडकमा जान लागेको समाचार सार्वजनिक भएको छ ।