अविरल वर्षाले देशभरको जनजिवन प्रभावीत,मधेशमा डुवानका कारण ३३ जनाको मृत्यु, कैयौं बेपत्ता ।

0
535

साउन २९ काठमाण्डौं । केहीदिन देखिको अविरल वर्षाका कारण तराई र मध्य पहाडि क्षेत्रका कैयौं स्थानमा जनजीवन अस्तव्यस्त भएको र ती ठाउँहरुमा यातायात, विद्युत तथा सञ्चार सम्पर्क प्रभावित भएको गृह मन्त्रालयले जनाएको छ।
गृहमन्त्रालय अन्तर्गत विपत व्यवस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउतले दिएको जाकारी अनुसार बिहानदेखि बाढी तथा डुबान प्रभावित जिल्लाको विवरण संकलन गर्ने प्रयास गरिएको भएपनि सञ्चार सम्पर्कमा समस्या आएका कारण विवरण सञ्कलन प्रभावकारी हुन सकेको छैन।
मौसम प्रतिकूलताका कारण हेलिकोप्टर उडाउन नसकिएको गृहले बताएको छ ।
र्याफ्टिङ बोट र डोरीबाट उद्दारको कार्य भइरहेको गृहमन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले मौसममा सुधार भइनसकेकाले सतर्क रहन सबैलाई आग्रह गरेको छ।

प्रभावित क्षेत्रहरुमा एफएमहरु मार्फत स्थानीय भाषामा पनि सूचना जारी गरिएको अधिकारीहरुले बताएका छन्।
भारी मनसुनी वर्षाका कारण उत्पन्न बाढी, पहिरो र डुबानबाट १५ भन्दा बढि जिल्ला प्रभावित भएको र हालसम्म ११ जिल्लामा कम्तीमा ३३ जनाको मृत्यु भएको बताइएको छ।  कैयौं बेपत्ता भएका छन्।
उद्दारका लागि स्थानीय तहका सुरक्षा पोष्टमा रहेका सुरक्षाकर्मीलाई परिचालन गरिएको बताइएको छ।
नेपाल भारत सीमामा रहेका बाँधका ढोका कम खोलिदिएकाले नदीको सतह बढेर बाढीको जोखिम बढेको खबरहरु सार्वजनिक भइरहेका छन्।
विपद व्यवस्थापन महाशाखाले दिएको जानकारी अनुसार राप्ती र कोशीको बाँधबारे भारतसँग दुइपक्षीय कुराकानी भइरहेको छ। राप्तीको बाँध खोलेर त्यसको सतह घटेको हो।
कोशीको बारेमा पनि भारतसँग उच्चस्तरमा कुराकानी भइरहेको अधिकारीहरुले बताएका छन्।