२०८२ मंसिर २३ गते मंगलवार
२०८२ मंसिर २३ गते मंगलवार

कांग्रेस महामन्त्री शर्मा भन्छन्– उपसभामुख हटाउने तयारी अनुपयुक्त

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्ने तयारीप्रति अनुपयुक्त भएको टिप्पणी गरेका छन्।

सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुख रानामगरलाई हटाउन सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका बेला कांग्रेस महामन्त्री शर्माले भने यस्तो तयारीप्रति विमति जनाएका हुन् । रुपन्देही–३ मा १७ कात्तिकमा हुने उपनिर्वाचनको आन्तरिक तयारीका लागि भैरहवामा रहेका शर्माले भने, ‘उपसभामुख प्रकरणमा म यहींबाट आफ्नो असहमति जनाइसकेको छु ।’

उपसभामुखले नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेख्नु गम्भीर गल्ती भए पनि उनलाई पदमुक्त गर्न अनुपयुक्त भएको शर्माले बताएका छन् । ‘प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश विदेश जाँदा देशको प्रतिनिधित्व गरिरहेका हुन्छन्,’ शर्माले भने, ‘देशको प्रतिनिधित्व गरेर विदेशमा भएकै बेला हस्ताक्षर जुटाइ दिनु भनेको कति सुसंस्कृत कुरा हो ?’ ।

शर्माले पार्टी संसदीय दलको कार्यालयमा संकलन भएको हस्ताक्षरमा आफूले नगरेको पनि बताए । उनले यस विषयमा काठमाडौं फर्किएर पार्टीका छलफल उठाउने समेत बताए । उपसभामुख रानामगर अहिले अमेरिकामा छिन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।