२०८३ भाद्र ३० गते मंगलवार
२०८३ भाद्र ३० गते मंगलवार

गगनको रास्वपा लक्षित टिप्पणी- सिङ्गो देश एउटा ठगी अभियुक्तको अघिपछि घुमेको छ

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै सिङ्गो देश एउटा ठगी अभियुक्तको अघिपछि घुमेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस, एमाले, माओवादीमा आबद्ध भएका दर्जनौं मान्छेहरू पनि सहकारी ठगी आरोपमा थुनामा गएको बताए । उनले भने, ‘कांग्रेस, एमाले, माओवादीमा आबद्ध भएका दर्जनौं मान्छेहरू कोही धरौटीमा छुटे, कोही थुनामा छन्, कोही फरार छन् । गोर्खा मिडियामा आबद्ध भएका मान्छेहरू पनि भित्र छन् । तर एउटा ठगीको अभियुक्तको वरिपरि बहस घुमेको छ । नयाँ पार्टी आयो, नयाँ पार्टीसँग अपेक्षाहरू भए । आफ्नो पार्टीका नेतालाई सरकारले पूर्वाग्रह राख्यो कि भन्ने कुरा पनि अस्वभाविक होइन ।’

उनले सात वटा अदालतले छाड्न अस्वीकार गरेको अभियुक्तलाई भेट्न पूर्व प्रधानमन्त्रीहरुको दौड चलिरहेको टिप्पणी गरेका छन् । थापाले सहकारीपीडितको संरक्षणमा सरकार चुकेको बताएका छन् । थापाले पाँच लाख रुपैयाँसम्मका बचतकर्तालाई पैसा फिर्ता दिन सरकार चुक्दा ‘छट्टुहरूले प्रतिशोध भयो’ भन्दा पत्याउने भिड तयार भएको बताए ।

‘हामीले साना बचतकर्ताको पाँच लाखसम्मको रकम फिर्ता गर्ने भनेका छौँ । त्यो फिर्ता गर्ने क्रम आजसम्म हामीले किन सुरु गरेनौँ ? किन सुरु गर्न सकेनौँ प्रधानमन्त्री ज्यू ?’, थापाले भने, ‘हामीले धमाधम बचतकर्तालाई लाइन लगाएर पैसा दिएको भए एउटा छट्टुले प्रतिशोध भयो भन्दा भिड लाग्थ्यो ?’ रास्वपाले प्रतिशोधका रूपमा व्याख्या गर्दा जनताले पत्याउनु स्वाभाविक भए पनि सर्वोच्च अदालतले दोषी हुने कारण दिइसकेपछि त्यस्तो भन्नु ’छट्टु खेल’ मात्र भएको बताए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।