२०८२ मंसिर २३ गते मंगलवार
२०८२ मंसिर २३ गते मंगलवार

मनाङ प्रदेश सभा–२ मा पनि कात्तिक १७ मै उपनिर्वाचनको तयारी

काठमाडौं । निर्वाचन आयोगले मनाङको प्रदेश सभा क्षेत्र–२ मा पनि आउँदो कातिक १७ गते नै उपनिर्वाचनको तयारी गरेको छ । मनाङको प्रदेश सभा क्षेत्र–२ मा स्वतन्त्र निर्वाचित सांसद राजीव गुरुङ ‘दिपक मनाङ्गे’ पदमुक्त भएसँगै आयोगले निर्वाचनको तयारी गरेको हो ।

रूपन्देही प्रतिनिधि सभा क्षेत्र–३ मा कात्तिक १७ मै उपनिर्वाचन गर्नका लागि आयोगले काम अगाढि बढाइसकेको छ । यसै बेला सर्वोच्च अदालतको संवैधानिक इजलासले मनाङ्गेलाई पदमुक्त गरेको आदेशको पूर्णपाठ सार्वजनिक गर्दै पद रिक्त भएको जानकारी गराउन सरकारलाई आदेश दिएपछि आयोगले त्यस क्षेत्रमा पनि उपनिर्वाचन तयारी थालेको हो ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सर्वोच्च अदालतको संवैधानिक इजलासबाट पद रिक्त भएको जानकारी गराउन सरकारलाई आदेश दिएसँगै आयोगले कात्तिक १७ मै उपनिर्वाचन गर्ने तयारी अघि बढाएको जानकारी दिए ।

कार्यवाहक प्रमुख निर्वाच आयुक्त भण्डारीले निर्वाचन आयोगले कम्तिमा ६४ दिन अघि मिति तोकेर निर्वाचन गरेको इतिहास रहको बताउँदै अहिले त्यो भन्दा पनि धेरै दिन बाँकी रहेकाले निर्वाचन गर्न कुनै समस्या नहुने बताए ।

२०७९ मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा मनाङे निर्विरोध निर्वाचित भएका थिए । चक्रे मिलनमाथि ज्यान मार्ने उद्योग गरेको मुद्दामा दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्ष जेल सजाय सुनाएको थियो । सर्वोच्चले गण्डकी प्रदेश सभा सदस्यको हैसियतमा पदमा बस्न मनाङ्गे अयोग्य रहेको फैसला गरेको थियो । त्यससँगै मनाङ प्रदेश सभा क्षेत्र २ रिक्त भएको हो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।