नवलपरासी, ४ भदौ । नवलपरासीको दक्षिणी भारतीय सिमानामा पर्ने सुस्ताका बाढी पीडितकालागी राहात लैजान समस्या भएको छ । नारायणी नदीमा पुल नहुदा बाढी पीडितका लागि राहात लैजान असहज भएको देखीएको छ । नदीमा पुल नहुदा वर्षाको भेलमा जोखीमयुक्त डुङगाको यात्रा गर्न बाध्य हुनुपरेको सुस्ताबासीको आरोप छ । तिन तर्फ बाट नारायाणी नदी र एक तर्फ भारतले घेरेको हुदा उर्लिएको नारायणीमा डुङगा नचलेपछी भारतीय भुमी मार्फत राहात लैजानु पर्दा उद्धारकर्मी रराहात वितरण गर्ने संघसंस्था समस्यामा परेको बर्दघाटका नारायण भण्डारीले बताए । बाढीको समयमा सुस्ता डुवानमा पर्दा सिमासुरक्षा कर्मीले उद्धार गरेको भएपनि गाउंपालिका र अन्य ब्यक्ति उद्धारका लागि समेत जान पाएनन् । नारायणी नदीमा पुल नहुदा सुस्तावासीहरु सुस्ताबाट त्रिवेणीमा रहेको आफनै गाविस कार्यालयमा जान नारायणी नदीमा जोखीमपुर्ण डुंङ्गाको यात्रा गरेर छिमेकी पकलिहवा गाविसमा निस्केर गाविस पुग्न करिब साढे तीन घण्टाको साईकल यात्र गरि त्रिवेणी स्थित गाविस कार्यालय जानु पर्ने अवस्था रहेको छ या अर्का तर्फ भारत विहार राज्यको भेडियारी बजार गएर त्रिवेणीको गण्डक बयारेज पुलबाट नारायणी नदी तरेर पुनः नेपाल आउनु पर्ने बाध्यता रहेको छ । बाढी प्रभावित क्षेत्रका अधिकासं सडक बग्यो बाढीको कारण जिल्लाको तटिय क्षेत्रका सडक बगाएको छ । सडक बगाउदा राहात र उद्धारका लागि समेत समस्या भएको छ । पक्कि तथा कच्चि सडक बगाएपछि हिडडुलका लागि समस्या भएको छ भने अव त्यसको पुर्न्निमार्ण कस्ले गरीदेला भन्ने पिरलोमा स्थानीय छन् ।