२०८२ कार्तिक १ गते शनिबार
२०८२ कार्तिक १ गते शनिबार

पर्सामा झाडापखाला तथा हैजा संक्रमितको संख्या ७ सय ८९ पुग्यो

काठमाडौं– पर्सामा फैलिएको झाडापखाला तथा हैजाको प्रकोप दैनिक रूपमा बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीका अनुसार गत २४ घण्टामा ८९ जनामा संक्रमण पुष्टि भएको छ ।

योसंगै संक्रमितको संख्या ७ सय ८९ पुगेको छ । संक्रमितमध्ये ६ सय ९ जना उपचारपछि घर फर्किका छन् भने १ सय ८० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको इडिसिडीले जनाएको छ ।

गत साउन २८ गते तराई अस्पतालमा झाडापखालाका केश देखिन थालेपछि जाँच गर्दा भदौ ५ गते हैजा पुष्टि भएको थियो । त्यसपछि संक्रमितकहरु दैनिक रूपमा थपिँदै गएका स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

प्रकोप नियन्त्रणका लागि हाल संघिय सरकारदेखि प्रदेश सरकार तथा स्थानीय सरकार र विभिन्न संघसस्थाहरुको समन्वयमा नियन्त्रणको प्रयास भइरहेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।