२०८३ कार्तिक २४ गते सोमबार
२०८३ कार्तिक २४ गते सोमबार

निजी विद्यालय सञ्चालकले निकाले बस र्‍याली

काठमाडौं । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकले काठमाडौंमा स्कुल बससहितको र्‍याली निकालेका छन् । प्याब्सन, नेसनल प्याब्सन, हिसान, ओपन र एनएमएले संयुक्तरूपमा काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्रमा बस र्‍याली निकालेका हुन् ।

यसअघि, उनीहरूले पाँच बुँदे माग राखेर आन्दोलन घोषणा गरेका थिए । विधेयकबाट निजी शैक्षिक संस्थासम्बन्धी ‘अव्यावहारिक र अन्यायपूर्ण प्रावधान’ हटाउनु पर्ने माग उनीहरूको छ ।

निजी विद्यालय सञ्चालकले विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाइनुपर्ने, विद्यालयमा उत्पादन नहुने सामग्री (पोसाक, स्टेसनरी, शैक्षिक सामग्री, खाना, खाजा) उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने माग राखेका छन् । यस्तै, कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने प्रावधान पनि हटाइनुपर्ने माग उनीहरूको छ ।

नेसनल प्याब्सन केन्द्रीय कार्यसमितिका अध्यक्ष सुवास न्यौपानेले २७ किलोमिटर रिङरोडमा स्कुल बस उतारेको जानकारी दिएका छन् । ‘आज पूरै रिङरोडमा स्कुल बस निकालेका छौं’, उनले भने । तर, काठमाडौं उपत्यका ट्राफिक कार्यालयका एसपी दीपक गिरीले निजी विद्यालयको प्रदर्शनले सवारी आवागमनमा खासै असर नपरेको बताएका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।