२०८२ माघ ४ गते आईतवार
२०८२ माघ ४ गते आईतवार

घनश्याम भुसालको टिप्पणी- ‘नेपालको राजनीति रवि लामिछानेभन्दा पनि मनपरी बोल्नेहरूको हातमा जाँदै छ’

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केही समयपछि नेपाल रवि लामिछानेभन्दा पनि मनपरी बोल्ने दुर्गा प्रसाईँ स्कुलिङका मान्छेहरूको हातमा पुग्न सक्ने आशंका व्यक्त गरेका छन् ।

प्रवासी नेपाली एकता मञ्चको जापान अधिवेशनलाई सम्बोधन गर्दै महासचिव भुसालले काँग्रेस,एमाले,माओवादी जस्ता दलहरूमा लोकतन्त्र नहुँदा गालीगलौज र घृणा फैलाउने व्यक्तिहरू राजनीतिमा हाबी हुन लागेको बताए ।

भुसालले भने–एमाले, काँग्रेस, माओवादीहरूको कुरा छाडौँ अब रविजी भन्दा बढी गाली गर्नेहरूको दिन आउँछ । रवि लामिछानेको पछि लागेर सोसल मिडियामा मनपरी बोल्नेभन्दा दुर्गा प्रसाईँहरू त्यतिखेरका अब्बल पोलिटियसन हुनेछन् । दुर्गा प्रसाईँहरूको स्कूलिङबाट आउनेछन् । त्यो बेला कस्तो होला ? मुलुकमा आजको संविधानले काम गर्दैन ।’

भुसालले केपी शर्मा ओली र ‘प्रचण्ड’को कुर्सी हल्लिएपछि एमाले र माओवादी संकटमा परेको दाबी समेत गरे । जनार्दन शर्माले आत्मसमिक्षाको कुरा गर्दा उनीमाथि ‘प्रचण्ड’ले आक्रमण गरिरहेको भुसालको आरोप छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।