२०८२ मंसिर २२ गते सोमबार
२०८२ मंसिर २२ गते सोमबार

आजदेखि आईजीपी थापा र दुई एआईजी अवकासमा

३० वर्षे सेवा अवधि पूरा गरी नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापा तथा अतिरिक्त महानिरीक्षक (एआईजी) सुदिप गिरी र टेक बहादुर तामाङलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ ।

कार्यक्रममा नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले शुभकामना सहित हार्दिक बिदाइ गरे ।

समारोहलाई सम्बोधन गर्दै आईजीपी थापाले आफ्नो कार्यकालमा संविधान र प्रचलित कानूनले तोकेको जिम्मेवारी इमानदारी, पारदर्शिता र निष्पक्षताका साथ निर्वाह गरेको उल्लेख गरे । कानूनी शासनको प्रत्याभूति दिलाउने, मानव अधिकारको संरक्षण गर्ने, प्रमाणमुखी अनुसन्धानलाई प्रोत्साहन गर्ने र प्रहरी–नागरिक सम्बन्ध सुदृढ बनाउन आफ्नो नेतृत्व केन्द्रित भएको उनको भनाइ थियो ।

थापाले संगठनलाई व्यावसायिक, आधुनिक र सक्षम बनाउन प्रविधिको प्रयोग, तालिम, नीतिगत सुधार र कल्याणकारी सेवा विस्तारलाई प्राथमिकता दिएको बताउँदै नवनियुक्त आईजीपी खापुङलाई साहसी, निष्ठावान् र क्षमतावान् व्यक्तित्वको रुपमा विश्वास व्यक्त गरे । साथै, आफ्नो कार्यकालमा सहयोग पुर्‍याएका सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरू प्रति आभार व्यक्त गरे ।

कार्यक्रममा आईजीपी थापाले आफ्नो कार्यकालमा हासिल उपलब्धि तथा संगठनमा सञ्चालनमा रहेका कार्यक्रम समेटिएको कार्यसम्पादन प्रतिवेदन नवनियुक्त आईजीपी खापुङलाई हस्तान्तरण गरे ।

यस अवसरमा आईजीपी खापुङले सेवा निवृत्त अधिकारीहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै आगामी जीवन सुखद रहोस् भन्ने शुभकामना व्यक्त गरे । उनले विगतका असल अभ्यासलाई आगामी रणनीति तथा कार्ययोजनामा समेटी संगठनलाई अझ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, एआईजी सुदिप गिरी र एआईजी टेक बहादुर तामाङले पनि आफ्नो सेवा यात्राका अनुभव सुनाउँदै सहकर्मीहरूको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रूपा थापा लगायतका पदाधिकारीहरूलाई समेत बिदाइ गरिएको थियो । भने श्रीमती संघकी भावना श्रेष्ठ खापुङले शुभकामना सहित बिदाइ गरिन । समारोहमा अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू, अन्य वरिष्ठ अधिकृत तथा प्रहरी जवानहरूको समेत उपस्थिति रहेको थियो ।

त्यसैगरी गृहमन्त्री रमेश लेखकले पनि पूर्वआईजीपी थापालाई गृह मन्त्रालयमा बिदाइ गरेका थिए । मन्त्री लेखकले थापाको दीर्घ सेवाप्रति धन्यवाद ज्ञापन गर्दै आगामी जीवनका लागि शुभकामना व्यक्त गरे ।

नवनियुक्त आईजीपी चन्द्रकुबेर खापुङले बिहीबारदेखि नेपाल प्रहरीको ३२औँ महानिरीक्षकका रूपमा कमान्ड सम्हाल्नेछन् ।

नेपाल प्रहरी ऐनअनुसार ३० वर्ष सेवा पूरा गरेका प्रहरी अधिकारी अवकाश हुने प्रावधान छ । यही प्रावधानअनुसार थापाले आजदेखि औपचारिक रूपमा अवकाश पाएका हुन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।