२०८३ जेष्ठ १८ गते सोमबार
२०८३ जेष्ठ १८ गते सोमबार

८८ एपलाई पछि पार्दै नेपालको नम्बर वान एप बन्यो भाइबर

काठमाडौँ । विभिन्न २६ ओटा सामाजिक सञ्जालमाथि सरकारले प्रतिबन्ध लगाउँदा सबैभन्दा बढी फाइदा भाइबरलाई भएको छ । प्रतिबन्ध अघि ८९ स्थानमा रहेको यो मेसेजिङ एप २४ घण्टामै नेपालको पहिलो नम्बरमा आएको हो ।

यस क्रममा एपले ८८ ओटा एपलाई पछाडि पारेको छ । गुगल प्ले स्टोरको टप चार्टमा राकुटेन भाइबर मेसेन्जर एक नम्बरमा छ । त्यसपछि क्रमशः च्याटजीपीटी, इमो, ह्वाट्सएप, कल एप, क्यापकट छन् ।

प्रतिबन्धबाट जोगिएको अर्को एप टिकटक भने अझै पनि सातौँ नम्बरमा छ । जब कि २४ घण्टाअघि च्याटजीपीटी पहलो नम्बरमा थियो भने त्यसपछि क्रमशः ह्वाट्सएप, क्यापकट, टिकटक, टिकटक लाइट, याङ्गो, शेयरइट र अलिएक्सप्रेस रहेका थिए ।

यसरी हेर्दा पछिल्लो २४ घण्टामा च्याटजीपीटी १ स्थान पछि, ह्वाट्सएप २ स्थानपछि, क्यापकट र टिकटक समान ३ स्थान पछि धकेलिएका छन् । पछिल्लो समयको डाउनलोड सङ्ख्याको आधारमा प्ले स्टोरले यो चार्ट तयार पार्ने गर्छ । 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।