विश्वज्योतीमलमा जारीे फेस्टिभ कार्निभलमा ग्राहकको भिड, ५० प्रतिशतसम्म छुटमा आफ्नै रोजाईको सामान ।

0
460

भदौ ९ काठमाण्डौं । राजधानीको जमलमा रहेको विश्वज्योतीमलमा फेस्टिभ कार्निभल सुरु भएको छ । चाड पर्वलाई लक्षित गरी भदौ आठदेखि कार्निभल सुरु गरेको हो । यो अवधिभर विश्वज्योतिमलमा सामान खरिद गर्ने सेवाग्राहीले ५० प्रतिशतसम्मको छुट सुबिधा पाउने छन् ।

भदौ २० गतेसम्मचल्ने कार्निभल अवधिमा प्रवेश गर्ने बित्तकै मलले निशुल्क कुपन बितरण गर्ने जनाएको छ । उक्त कुपनबाट मल पुग्ने जो कोहीले पनि गोला प्रथाबाट साप्ताहिक रुपमा मोबाइल, दैनिक रुपमा सपिङ भौचर तथा लञ्चकुपनका साथै अन्य आकर्षक उपहारहरु प्राप्त गर्न सक्ने छन् । त्यसै गरी लाइभ म्युजिक, फेशनशो तथा गेम शो कार्निभलको आकर्षणका रुपमा रहने छन् । खाने प्रतियोगिता समेत सञ्चालनहुने कार्निभलमा आईसक्रिम, मःमःतथा बर्गर खाने प्रतियोगिता पनि सञ्चालन हुनेछ ।

निशुल्क फेस पेन्टिङ, जादु प्रदर्शन तथा हास्य व्यङ्ग्य प्रदर्शनी समेत हुने कार्निभलमा पुरानो मोबाइल सँग नयाँमोबाइल साट्नपाइने ब्यबस्था समेत मिलाइएको छ ।

एकै छाना मुनिबाट दर्जन बढी ब्राण्डका मोबाइल बिक्रीबितरण गर्ने लक्ष्यका साथ मलको तेस्रो तल्लामा विश्वज्योती मोबाइल मार्ट यस अघि नै सञ्चालनमा आएको छ । यसका साथै मलमा पुरुषका लागि ब्राण्डेड लुगा, सर्टिङ सुटिङ, महिलाहरूकालागि गरगहना तथा बुटिक र बालबालिकाका लागि खेलौना र विभिन्न ब्राण्डका गुणस्तरीय सामान सुलभ दरमा पाइनेछन् ।