२०८३ असार ३० गते मंगलवार
२०८३ असार ३० गते मंगलवार

दुर्गा प्रसाईँले भने– संविधान, संसद सबै यही हो भने आन्दोलन किन गरियो ?

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले संविधान, संसद, राष्ट्रपति, व्यवस्था सबै यही हो भने आन्दोलन किन गरियो भनेर प्रश्न गरेका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै यस्तो बताएका हुन् ।

उनले लेखेका छन् ‘संविधान यही ?, संसद यही ?, राष्ट्रपति यही ?, व्यवस्था यही ?, यदि सबै यही हो भने आन्दोलन किन गरियो ?, ती कलिला बच्चाको हत्या किन भयो ?’

उनले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा ५० खर्वभन्दा बढीको राज्य सम्पत्तिको नाश किन भयो भन्दै जेन–जीका परिवारको आँसु र रगतको हिसाब कसले गर्ने ? भन्ने पनि प्रश्न गरे ।

उनले पहिले पनि पश्चिमहरूको डिजाइनमा नयाँ संविधान घोषणा भएको बताए । उनले नेपाललाई हिन्दु राष्ट्र नबनाएर मुलुकलाई धर्मनिरपेक्ष बनाइएको र सबैले मिलेर राज्य लुटेको आरोप लगाए।

साथै उनले श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाह र नेपाली सेनाले यो देशलाई एकीकरण गरेको भन्दै आज फेरि देश जोगाउने जिम्मेवारी नेपाली सेनाको काँधमा आएको बताएका छन् ।

उनले राष्ट्रपति र संविधान दुवैलाई निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्न सक्नुपर्ने बताए ।

त्यसपछि उनले लेखेका छन् ‘नत्र हाम्रा पुर्खा र अबोध बालबालिकाको बलिदान रगतले हामीलाई पोल्नेछ, हाम्रो पुस्ता सरापिनेछ, र अन्ततः हामीलाई यो देशमै बसाइ नहुने दिन आउन सक्छ। समय छ — सबैले अहिले नै सोच्नुपर्छ।’

उनले संसारभरिका सफल आन्दोलनहरूले कहिल्यै पुरानो संविधानलाई मान्यता नदिएको बताए । नयाँ संविधानमार्फतै नयाँ व्यवस्था जन्माएको जानकारी दिए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।