काठमाडौं । नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एंव सहरी विकास मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् ।
सोमबार राष्ट्रपति कार्यालयमा शपथ लिए लगत्तै उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हु्न् ।
यसै क्रममा नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका छन । डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएका उद्योगका नाममा सवा ८ अर्ब रुपैयाँ बक्यौता रहेको नेपाल विद्युत प्राधिकरणको हिसाब छ।
प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहँदा डिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने कुलमानको प्रयास असफल भएको थियो। यही विषयमा तत्कालीन ऊर्जामन्त्री दीपक खड्कासँगको विवादका कारण कुलमान गत चैत दोस्रो साता बर्खास्त भएका थिए ।







