
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा १ खर्ब ७७ खर्ब ४१ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो गत आव पहिलो महिनाको तुलनामा २९.९ प्रतिशतले धेरै हो ।
गत आव साउनमा १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो । त्यसबेला रेमिट्यान्स आप्रवाह वृद्धिदर १७.७ प्रतिशत थियो ।
चालु आव साउनमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
चालु आव पहिलो महिना खुद द्वितीय आय १ खर्ब ९३ अर्ब ८५ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ । गत आव सोही अवधिमा यस्तो आय १ खर्ब ४८ अर्ब ८ करोड थियो ।
गत साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ४४ हजार ४ सय ६६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २३ हजार ६ सय ४४ छ । गत आव सोही अवधिमा यस्तो संख्या क्रमशः ३६ हजार ९ सय २८ र २२ हजार ६ सय ४७ थियो ।
काठमाडौँ । नेपाल प्रहरीले जेन जेड आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई सहयोग गर्ने भएको छ ।
आन्दोलनको क्रममा तीन जना प्रहरीले ज्यान गुमाएका थिए ।

काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा ‘जेनजी जागरण स्मारक पार्क’ निर्माण गर्ने निर्णय गरेको छ ।
सरकारले उक्त स्मारक पार्क बनाउने सैद्धान्तिक निर्णय गरिसकेको जानकारी गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले दिएका छन् ।
‘जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा स्मारक पार्क बनाउने सैद्धान्तिक सहमति भइसकेको छ,’ मन्त्री अर्यालले भने, ‘तर, पार्क बन्ने स्थान भने अहिले यकिन भएको छैन ।’
सरकारी तथ्याङ्कअनुसार, हालसम्म जेनजी आन्दोलनका क्रममा ७२ जनाको ज्यान गएको पुष्टि भइसकेको छ । तीमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी, र ३ जना सुरक्षाकर्मी रहेका छन् ।
उक्त आन्दोलनमा १३४ जना प्रदर्शनकारी र ५७ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
काठमाडौं । सरकारले असोज १ गतेलाई ‘शोक दिवस’को रूपमा मनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शोक दिवस मनाउँदै देशभर सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालका अनुसार, सो दिन जेनजी आन्दोलनमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्न शोक दिवस मनाइने छ ।
मन्त्रीपरिषद्को बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
यसको लागि अर्थ मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन मार्फत मृतक परिवारलाई रकम हस्तान्तरण गर्ने गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालले जानकारी दिए ।
जेनजी पुस्ताको आन्दोलन हिंसात्मक भएपछि देशभर ६८ वटा बैंकहरुको शाखा कार्यालयहरूमा आक्रमण भएको र ६९ वटा एटिएममा केही असर परेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्व पौडेलले जेन जी आन्दोलनका क्रममा बैंकहरुको कार्यालयहरूमा आक्रमण भएपनि बैंकिङ प्रणाली भने सबै ठिकठाक रहेको जानकारी दिए ।
सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रम पश्चात् बोल्दै गभर्नर पौडेलले यस्तो जानकारी दिएका हुन् । तर, आन्दोलनकारीहरूले बैंकहरु नै टार्गेट गरेको जस्तो देखिँदैन । उनले भने,‘ अहिलेको अवस्थामा सबैको मनोबल घटेका कारण उनीहरूको मनोबल बढाउनुपर्ने आवश्यकता छ ।’रहेको गभर्नर पौडेलले बताए ।
सो क्रममा डा. पौडेलले अनुभवी अर्थमन्त्री आनुभएकाले काम गर्न सहज हुने पनि बताए ।
काठमाडौँ- काठमाडौँ निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि तोकिएको रुपन्देही– ३ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको कार्यक्रम रोकेको छ ।
आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले सोमबार विज्ञप्ति निकाली राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकेकाले उपनिर्वाचन रोकिएको उल्लेख छ ।
‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम मिति २०८२/०७/१७ गते सोमबारका दिन रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उपनिर्वाचन गर्ने गरी आयोगबाट उपनिर्वाचनको मिति तोकिएकोमा राष्ट्रपतिको कार्यालयबाट मिति २०८२।०५।२७ गते प्रकाशित विज्ञप्तिबाट सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट प्रतिनिधि सभाको विघटन गरी मिति २०८२/११/२१ गते बिहीबारका दिन नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तोकिएकोले रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गर्ने गरी आयोगको मिति २०८२/०५/३० को बैठकबाट निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ प्रवक्ता भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं । नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एंव सहरी विकास मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् ।
सोमबार राष्ट्रपति कार्यालयमा शपथ लिए लगत्तै उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हु्न् ।
यसै क्रममा नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका छन । डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएका उद्योगका नाममा सवा ८ अर्ब रुपैयाँ बक्यौता रहेको नेपाल विद्युत प्राधिकरणको हिसाब छ।
प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहँदा डिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने कुलमानको प्रयास असफल भएको थियो। यही विषयमा तत्कालीन ऊर्जामन्त्री दीपक खड्कासँगको विवादका कारण कुलमान गत चैत दोस्रो साता बर्खास्त भएका थिए ।
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहणका क्रममा स्वकीय सचिवालय नराख्ने घोषणा गर्दै आफ्नो लागि एक सवारी चालक भए पुग्ने बताएका छन् ।
निजी क्षेत्रसँग अन्तरक्रिया गरेर अघि बढ्ने बताउँदै उनले हिजोको तुलनमा परिवर्तनको महसुस हुनेगरी मन्त्रालयले प्रयास गर्ने पनि बताए ।
साथै पूर्वतयारी नरहेका आयोजनाहरूको कामअगाडि नबढाउने र फजुल खर्च नियन्त्रण गर्ने उनको दाबी छ ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सकारका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सोमवार बिहान नवनियुक्त मन्त्रीहरु कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोनपनीयताको शपथ गराएका हुन् ।
प्रधानमन्त्री कार्कीले आईतवार घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास, अर्याललाई गृह र कानून तथा संसदीय मामिला र खनाललाई अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
ऊर्जामन्त्रीमा नियुक्त घिसिङ यसअघि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए । गृहमन्त्री अर्याल काठमाडौं महानगरपालिकाको कानूनी सल्लाहकार थिए ।
अर्थमन्त्री नियुक्त खनाल पूर्व राजश्व सचिव हुन् । जेन–जी पुस्ताको आन्दोलन उग्र भएपछि २४ भदौमा निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए ।
जेन–जीको प्रश्तावमा राष्ट्रपथि रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
नवनियुक्त मन्त्रीहरुले सोमवार नै पदभार ग्रहण गर्दै छन् । अन्य सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हाल्ने छन् ।