२०८२ मंसिर २० गते शनिबार
२०८२ मंसिर २० गते शनिबार

सडक डिभिजनले बिदा गर्‍यो पहुँचका आधारमा राखिएका ज्यालादारी कर्मचारी

काठमाडौं । सडक डिभिजन काठमाडौंले आजदेखि पहुँचका आधारमा राखिएका ज्यालादारी कर्मचारीहरूलाई बिदा दिने भएको छ । सार्वजनिक कार्यालयलाई जनताप्रति जवाफदेही र पारदर्शी बनाउने उद्देश्यले पहुँचका आधारमा राखिएका कर्मचारीहरूलाई बिदा दिने घोषणा गरिएको हो ।

 

डिभिजन प्रमुख सुबोधकुमार देवकोटाकाअनुसार उनीहरुलाई बिदा गर्दा मासिक १५ लाख रुपैयाँ राज्यकोषमा बचत हुनेछ । ‘हामीले सार्वजनिक कार्यालयलाई जनताको नासोको रूपमा जवाफदेही र पारदर्शी बनाउने निर्णय गरेका छौं,’ उनले भने, ‘ आज (असोज १ गते)बाटै लागु हुने गरी पहुँचका आधारमा अनावश्यक रूपमा रहेका ज्यालादारी कर्मचारीहरूलाई बिदा दिइएको छ, जसबाट मासिक १५ लाख राज्यकोषमा बचत हुन्छ ।’

यसका साथै, डिभिजनले ‘खाल्डाखुल्डीरहित काठमाडौं’ अभियान सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । आगामी दुई दिनभित्र काठमाडौंभित्रका सडकमा रहेका खाल्डाखुल्डीहरूको यकिन विवरण संकलन गरी तीन सिफ्टमा काम गरेर पुर्ने योजना बनाइएको छ । ‘हामी खाल्डाखुल्डीरहित काठमाडौं बनाउँदैछौं। यसका लागि अभियान नै सञ्चालन गर्छौं । तत्काल कति खाल्डाखुल्डी छन्, त्यसको यकिन दुई दिनभित्र गर्छौं । बिहान, दिउँसो र रातिसमेत गरेर व्यवस्थित तरिकाले काम गर्नेछौं,’ देवकोटाले थपे, ‘यसका अतिरिक्त हामीले छुट्टै हेल्पलाइन खडा गरी गुनासो सुन्ने पनि तयारी गरेका छौं । उक्त गुनासो तत्काल सम्बोधन गरी त्यसबारे पनि जानकारी दिइनेछ ।’

 

सडक डिभिजन काठमाडौंले पूर्वाधारको गुणस्तर सुनिश्चितताका लागि पनि महत्वपूर्ण कदम चालेको छ । डिभिजनमातहत रहेको इन्जिनियरिङ प्रयोगशालालाई अपग्रेड गरी व्यवस्थित गर्ने निर्णय गरिएको छ । आफ्नै प्रयोगशाला उपयोगमा ल्याई गुणस्तर परीक्षण गर्ने र उपलब्ध नभएका परीक्षण प्रणाली पुल्चोक इन्जिनियरिङ क्याम्पसमार्फत् गर्ने तर निजीमा नलैजाने निर्णय भएको छ ।

सडक सुरक्षालाई पनि प्राथमिकतामा राखिएको छ। ट्राफिक संकेत चिह्नहरूको मर्मत सम्भार, रोड मार्किङ र जेब्रा क्रसिङका लागि तत्काल बोलपत्र आह्वान गर्ने निर्णय भएको देवकोटाले बताए । 

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।