२०८२ मंसिर २३ गते मंगलवार
२०८२ मंसिर २३ गते मंगलवार

सुदन गुरुङमाथि आक्रमणको प्रयास, बानेश्वरसम्म लखेटियो

काठमाडौं । हामी नेपालका संयोजक तथा जेनजीका नेता सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ ।

उनलाई मोटरसाइकल र गाडी प्रयोग गरेर लखेटिएको गुरुङले पुष्टि गरेका छन् । गुरुङका अनुसार रानीबारीदेखि बानेश्वरसम्म पल्सर मोटरसाइकलमा सवार व्यक्तिहरूले उनलाई पछ्याउँदै आएका थिए ।

‘बीचमै दुई वटा गाडी पनि थपिएर पच्छ्याउन थाले,’ उनले भने, ‘सिनामंगलको गल्लीगल्लीमा समेत खोजिरहेका थिए रे, बानेश्वरसम्म लखेटे । ती को हुन् भन्नेचाहिँ थाहा भएन तर मार्ने उद्देश्यले नै आएका जस्ता देखिन्थे ।’

घटना लगत्तै आफू सुरक्षित स्थानमा पुगेको बताउँदै गुरुङले हाल आफ्नो अवस्थिति खुलाउन चाहेनन् । ‘म अहिले कहाँ छु भनेर भन्न चाहन्न, तर म सुरक्षित छु,’ उनले भने ।

यसबारे प्रहरीसँग सम्पर्क गरिए/नगरेको वा उजुरी दर्ता भएको/नभएको विषयमा भने उनले केही खुलाएका छैनन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।