२०८३ बैशाख २९ गते मंगलवार
२०८३ बैशाख २९ गते मंगलवार

नेपाल प्रहरीमा व्यापक हेरफेर, ९० डीएसपी र ४८ एसपीको एकसाथ सरुवा

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले ‘जेनजी आन्दोलन’ पश्चात् संगठनभित्र व्यापक हेरफेर गर्दै ९० जना डीएसपी र ४८ जना एसपीको एकसाथ सरुवा गरेका हुन् ।

सरुवा हुने अधिकारीहरूमा काठमाडौँ उपत्यकाका विभिन्न वृत्त, जिल्ला प्रहरी कार्यालयहरू र अन्य महत्त्वपूर्ण एकाइका प्रमुख तथा इन्चार्जहरू समावेश छन् ।  केही जिल्ला, इलाका र वृत्तहरूमा नेतृत्व परिवर्तन भएको छ ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूची अनुसार, सरुवा भएका डीएसपी र एसपीहरूलाई यथाशीघ्र नयाँ जिम्मेवारी सम्हाल्न निर्देशन दिइएको छ । यस व्यापक सरुवाले प्रहरी संगठनमा नयाँ ऊर्जा प्रवाह हुने र जनतामा प्रहरी प्रतिको विश्वास अभिवृद्धि हुने विश्वास गरिएको छ ।

 

डीएसपी को कहाँ ?

       

एसपी को कहाँ ?

     

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।