२०८२ फाल्गुन २४ गते आईतवार
२०८२ फाल्गुन २४ गते आईतवार

देउवाको गर्धनमा १२ टाँका, कस्तो छ स्वास्थ्य अवस्था ?

जेन–जी आन्दोलनकारीको आक्रमणमा परी घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवाको गर्धनमाथि १२ वटा टाँका लगाइएको छ ।

सैनिक अस्पतालमा उपचाररत देउवाको अवस्था भने खतरामुक्त रहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

उनले शुक्रबार भने, गर्धनमाथि गम्भीर चोट लागेको छ । १२ वटा टाँका लगाइएको छ । उठ्दा रिंगटा लाग्ने र  धेरैबेर बोल्दा असहज हुने भएकाले केही दिन अस्पतालमा राखेर उपचार गर्ने डाक्टरको सल्लाह छ ।’

विश्वकर्माले देउवाको सबै नेताहरूसँग कुरा भइरहेको र केही दिनमा सार्वजनिक हुने बताए ।

जेन–जी विद्रोहको क्रममा सभापति देउवामाथी आक्रमण भएको थियो । सो क्रममा देउवालाई गर्धनमाथिको भागमा चोट लागेको थियो । विश्वकर्माका अनुसार देउवाको स्वास्थबारे उपसभापति पूर्णबहादुर खड्काले आजको कार्यसम्पादन समिति बैठकमा ब्रिफिङ गरेका छन् ।

‘उहाँको टाउको १२ टाका लागेको र बोल्दा अहसज हुने, उभिँदा चक्कर लाग्ने भएकाले डाक्टरले डिस्चार्ज नगरेको र अझै केहीदिन अस्पतालमै बस्ने बिफ्रिङ भएको छ,’ विश्वकर्माले भने ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।