२०८२ मंसिर २० गते शनिबार
२०८२ मंसिर २० गते शनिबार

टोपबहादुर रायमाझी कारागार फर्किए

नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी सोमबार साँझ कारागार फर्किएका छन् ।

भदौ २४ गते जेनजीको आन्दोलनपछि उनी सुनधारा कारागारबाट अन्य कैदी बन्दीसँगै फरार भएका थिए । यसअघि सुनधारा कारागारमा रहेका रायमाझीलाई फर्किएलगत्तै कारागारसमेत सरुवा गरिएको छ। उनलाई डिल्ली बजार कारागार पठाइएको छ । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्।

जेलबाट बाहिर निस्किएपछि रायमाझीले अवस्था सामान्य भएपछि आफैँ उपस्थित हुने भन्दै फोन गरेका थिए। अन्य कैदी बन्दी पनि कोही आफैँ र कसैलाई पक्राउ गर्दै फर्काउने काम भइरहेको छ।

जेनजी आन्दोलनको क्रममा देशभरका २७ वटा कारागारमा १४ हजार ५५५ जना कैदी बन्दी फरार भएका थिए । तीमध्ये ६ हजार ९८४ जना फिर्ता भइसकेका छन् भने अझै ७ हजार ५७१ जना फरार छन् । केन्द्रीय कारागार सुनधाराबाट मात्रै ३ हजार ५२३ जना कैदी बन्दी फरार भएका थिए।

सरकार र कारागार प्रशासनले फरार भएका कैदी बन्दीलाई फिर्ता ल्याउने प्रयासलाई तीव्रता दिएका छन्।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।