२०८२ पुष २ गते बुधबार
२०८२ पुष २ गते बुधबार

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा महत्वपूर्ण सम्बोधन गर्ने भएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकपश्चात् प्रधानमन्त्री कार्कीले राष्ट्रलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको हो ।

‘जेनजी’ आन्दोलनको जगमा गठित अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि यो उनको पहिलो राष्ट्रिय सम्बोधन हुनेछ । पूर्व प्रधानन्यायाधीश कार्की गत भदौ २७ गते प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन्, जसले भदौ २३ र २४ गते भएको सशक्त ‘जेनजी’ आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिको नेतृत्व गरेकी थिइन् ।

प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले हालै प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ । अन्तरिम सरकारको प्रमुख कार्यभार छ महिनाभित्र अर्थात् फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गराउनु रहेको छ ।

आजको सम्बोधनमा प्रधानमन्त्री कार्कीले वर्तमान राजनीतिक अवस्था, निर्वाचनको तयारी, सरकारका प्राथमिकता र राष्ट्रका नाममा भावी योजनाबारे प्रकाश पार्ने अपेक्षा गरिएको छ । सम्बोधनलाई विशेष चासोका साथ हेरिएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।