२०८२ आश्विन २८ गते मंगलवार
२०८२ आश्विन २८ गते मंगलवार

नेपाल प्रहरीले माग्यो जवानसहित १५९४ जनशक्ति (सूचनासहित)

काठमाडौँ । राष्ट्रको शान्ति सुरक्षा र अमनचयन कायम राख्ने महत्वपूर्ण जिम्मेवारी बोकेको नेपाली प्रहरीमा नयाँ जनशक्तिको आवश्यकता पूर्ति गर्नका लागि विशाल भर्ना प्रक्रिया सुरु भएको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै कुल १५९४ पदका लागि दरखास्त आह्वान गरेको हो । 

भर्नामा प्रहरी जवानतर्फ १५५३ पद छुट्याइएको छ, जसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा आठ कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । यसका अतिरिक्त, प्रहरी कार्यालय सहयोगीका विभिन्न पदहरूमा पनि दरखास्त आह्वान गरिएको छ । जसमा हजामका लागि ११ जना, कुचीकारका लागि १५ जना र विभिन्न खेल विधाका खेलाडीका लागि १५ जनाको माग गरिएको छ । यी पदहरूका लागि साधारण लेखपढ गर्न जान्ने योग्यता तोकिएको छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले यस अवसरको सदुपयोग गर्नका लागि असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्मको अवधिमा तोकिएका दरखास्त केन्द्रहरूमा स्वयं उपस्थित भई आवेदन फाराम बुझाउन सक्नेछन् ।

 

   

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।