२०८२ चैत्र २७ गते शुक्रबार
२०८२ चैत्र २७ गते शुक्रबार

विपिन जोशी बन्धक बनेको भिडियो सार्वजनिक हुँदै

काठमाडौं । इजरायली गुप्तचर इकाइहरूले गाजामा बन्धक बनेका नेपाली युवा विपीन जोशीको भिडिओ प्राप्त गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । यो भिडिओ बुधबार साँझ सार्वजनिक गरिने समाचारमा जनाइएको छ ।

यो घोषणा बुधबार बिहान होस्टेज फेमिली फोरमले गरेको द जेरुसेलम पोष्टले उल्लेख गरेको छ ।

विपीनको परिवारलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘गाजामा प्राप्त यो जीवनको प्रमाण, जुन हामी आज तपाईंहरूसँग साझा गर्दैछौं, यसले हामीलाई उनी जीवित छन् भन्ने अटल विश्वास दिलाउँछ ।’

 

विपीन जोशी अक्टोबर ७ को नरसंहार हुनुभन्दा तीन हप्ता अगाडि मात्र इजरायल पुगेका थिए । उनी कृषि शिक्षा कार्यक्रमका लागि गएका हुन् । उनलाई किबुट्ज अलुमिमबाट अपहरण गरिएको थियो, जहाँ अन्य नेपाली नागरिकहरू पनि बसोबास गर्थे ।

वाल स्ट्रिट जर्नलको नोभेम्बर २०२३ को रिपोर्टअनुसार, विपिनले आफ्नो आश्रयस्थलमा लुकेका सबैको ज्यान बचाएका थिए । उनको झ्याल नभएको कोठामा दुईवटा ग्रेनेड फालिएको थियो । विपीनले एक ग्रेनेड समातेर बाहिर फालेका थिए, तर दोस्रो ग्रेनेड फाल्न नसक्दा त्यसको विस्फोटले उनका पाँच साथीहरू गम्भीर घाइते भए ।

द जेरुसेलम पोष्ट अनुसार विपीनलाई हमासले गाजामा अपहरण गरी एक समय शिफा अस्पतालमा राखेको थियो । उनी जीवित रहेको ठोस प्रमाण थिएन ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।